नाबालिकालाई वेश्यावृतिमा लगाउने एक युवती पक्राउ

4.9k
Shares

काठमाडौं ।

नाबालिकालाई वेश्यावृतिमा लगाउने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका १ की २६ वर्षीय मुनु गुरुङ रहेकी छन् ।

उनले काठमाडाैं तारकेश्वर नगरपालिका वडा- ११ हिलेटोलस्थित पश्चिम युना खाजाघर सञ्चालन गरी उक्त खाजा घरमा नाबालिकाहरु समेतलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरी उनलाई पक्राउ गरेकाे हाे  ।

प्रहरी टोलीले २ जना नाबालिकासहित ७ जना युवतीहरुको उद्दार गरेकाे छ । उक्त  कार्यमा संलग्न एक युवतीलाई तारकेश्वर नगरपालिका वडा -११ हिलेटोलबाट पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाण्डौं जिल्ला अदालतबाट दिन ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको ।