सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको कार्य समिति गठन

224
Shares

विराटनगर ।

विराटनगरमा सम्पन्न महासंघको प्रथम महाधिवेशनबाट उदयपुर निवासी खान अध्यक्षमा चयन भएकी हुन् । नागरिकको सूचना पाउँने अधिकार स्थापनाका लागि उनी लामो समयदेखि अभियन्ताका रुपमा क्रियाशील छिन् ।

त्यस्तै उपाध्यक्षमा ओखलढुङ्गाका लीला बहादुर सुनुवार र झापा निवासी इश्वरा तिवारी चयन भएका छन् । सुनुवार नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्य समिति सदस्य तथा नेपाल समाचार पत्र ओखलढुंगा प्रतिनिधि हुन् भने तिवारी अधिकारकर्मी हुन् ।  यता महा सचिवमा झापाका सुरेन्द्र भण्डारी चयन भएका छन् ।

उनी नेपाल पत्रकार महासंघ कोशीका कार्य समिति सदस्य हुन् भने इकोनोमिक  मिडिया एसोसिएसन कोशीका महासचिव हुन् ।  त्यस्तै सचिवमा मोरङ निवासी पत्रकार सोनु कुमार दास र विनोद भण्डारी चयन भएका छन् । कोषाध्यक्षमा सुनसरी निवासी यमुना गुरागाई (योषा) चयन भएकी छिन् ।

यता सदस्यहरूमा जमुना विष्ट ताप्लेजुङ,कृष्ण प्रसाद गौतम तेह्रथुम, रञ्जीता खड्का इलाम, धनचन्द्र दाहाल भोजपुर, प्रतिभा शाह उदयपुर, गार्डेन राई सोलुखाुम्बू, नारायण राई धनकुट्टा, मंगल वैध पाँचथर र सुजन बज्राचार्य संखुवासभा रहेका छन् ।  २१ सदस्यीय कार्यसमिति रहेन व्यवस्था अनुरुप बाँकी सदस्यहरु कार्यसमितिको बैठकबाट पछि थप गर्ने निर्णय भएको छ ।

विराटनगरमा भएको महासंघको प्रथम अधिवेशनको उद्घाटन आन्तरिक तथा कानुन मन्त्री सम्शेर राईले गरेका थिए ।  कार्यक्रमको उद्घाटन गर्दै मन्त्री राईले कोशी प्रदेशलाई सूचना मैत्री प्रदेशको रूपमा विकास गरेर लाने बताएका छन् । उनले सूचनाको हक सम्बन्धी छुट्टै कानुनको व्यवस्था गर्दै आगामी वर्षबाट सूचनाको हक नागरिक स्तरमा पु¥याउन प्रदेश सरकारले जनस्तरमा कार्यक्रम सञ्चालनका लागि बजेटको व्यवस्थापन गर्ने बताएका थिए ।

कार्यक्रममा सहभागी कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवारले सूचनाको हक नागरिकको नैर्सगीक अधिकार भएकाले आम नागरिकलाई सूचनाको पहुँचमा ल्याउन प्रदेश सरकार लागि पर्ने बताइन् । उनले प्रदेश स्तरीय सूचनाको हकका विषयमा कानुन बनाएर अघि बढ्ने प्रतिबद्धता जनाइन् ।

सूचनाको हकको लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद वागचन्दको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त महेन्द्रमान गुरुङले नेपालमा सूचनाको हकको अवस्थाका विषयमा प्रकाश पारेका थिए ।  कार्यक्रममा कोशी प्रदेशा महान्याधिवक्ता रुपेश कोइराला, आन्तरिक मामिला तथा कानुन मनलयका सचिव लक्ष्मी पौडेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  महासंघका वरिष्ठ उपाध्यक्ष तारा बहादुर भण्डारीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव अजय कुमार शाहले गरेका थिए ।