रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष घले पक्राउ

2k
Shares

काठमाडौं ।

रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेलाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष घलेले मानव बेचविखन विरुद्धको कसुर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

नेपाली महिलालाई कुवेत पठाउँछु भनेर उनले श्रीलङ्का पठाएको मानव बेचबिखन ब्यूरोका एसएसपी ओम रानाले जानकारी दिए ।

अध्यक्ष घले बिरुद्ध २०७३ साउन २२ मा मुद्दा दर्ता भएको थियो ।  उक्त घटनामा संलग्न रहेका दुई जना फरार रहेको ब्युरोले जनाएको छ ।