फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरात भिड्दै

8.46k
Shares

काठमाडौं ।

भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरातबीच प्रतिस्पर्धा हुँदै छ। गुजरातको भापिमा हुने यो खेल दिउँसो २: ४५ बजेदेखि सुरु हुने छ।

यसअघि लिग चरणमा नेपालले गुजरातलाई दुवै खेलमा पराजित गरेको थियो भने बरोडालाई एक खेलमा पराजित गरेको थियो भने अन्तिम खेलमा हार बेहोरेको थियो।

त्यस्तै गुजरातले भने बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।