ट्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते



दोलखा।

दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर २ बाबरे कुतिस्याङमा शुक्रवार भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

बाबरेबाट सिंगटीतर्फ आउँदै गरेको लु ३ त १७१४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा चेपिएर स्थानीय ३६ वर्षीया सन्चीमाया थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले बताए ।

दुर्घटनामा परी मृतक सन्चीमायाको छोरी १७ वर्षीय अस्मिता थामी, स्थानीय ३० वर्षीय बालकुमारी थामी, ३० वर्षीय निशा थामी र तीन वर्षीय बालिका टुकी थामी घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्य गम्भीर बालकुमारी थामी र निशा थामीलाई थप उपचारको लागि काठमाडौँ स्थित ट्रमा सेन्टर रिफर गरिएको र अस्मिता थामी र टुकी थामीको दोलखा स्थित गौरीशङ्कर अस्पतालमा उपचार भै रहेको प्रहरीको भनाई छ ।

छ जना सवार ट्याक्टर कच्ची सडकबाट ३५ मिटर तल खसेको थियो । ट्याक्टर चालक दोलखाकै गौरीशङ्कर गाउँपालिका वडा नम्बर ५ का २२ वर्षीय अवराम थामी प्रहरी नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्