कृषि ज्ञान केन्द्र बाजुराले रोप्यो ३३ हजार फलफूलका बिरुवा



 बाजुरा। 

कृषि ज्ञानकेन्द्र बाजुराले “कृषक पेन्सन” कार्यक्रम अन्तरगत जिल्लाका विभिन्न क्षेत्रमा ३३ हजार बढी  हिउँदे फलफूलका बिरुवा रोपेको छ । बाजुरालाई फलफूलमा आत्मनिर्भर बनाउन जिल्लाको  वातावरण अनुकूलका हिउँदे फलफूल रोपेको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख मीनप्रसाद जैशीले जानकारी दिए ।

  कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक तथा प्राविधिक सहयोगमा यस आर्थिक वर्ष ८०-०८१मा  सहकारी र समूह मार्फत जिल्लाभरि ३६ वटा फलफूल बगैंचा स्थापना गरेको छ । बगैंचा स्थापनाका लागि गत माघ देखि हाल सम्म ३३ हजार दुई सय ९५ फलफूलका बोट रोपेको हो ।

 ३५० बोटको किवि बगैंचा,२०हजार१४५ दाँते ओखरका बोट रोपेर २३वटा ओखर बगैंचा स्थापना गएका छन् ।  त्यसगरी स्याउका १२५५० बोट रोपेर ११ ठाउँमा स्याउ बगैंचा स्थापना गरिएको छ ।  आरुबोखराका छ सय बोट रोपेर एउटा आरुबोखरा बगैंचा स्थापना गएको छ। विगत केही वर्ष देखि कृषि ज्ञान केन्द्र बाजुराले फलफूल रोपौं कृषक पेन्सन कार्यक्रममा सहभागी बनौं भन्ने मूल नाराका साथ फलफूल राप्ने अभियान सञ्चालन गरेको थियो ।

 कृषकालाई आयआर्जन तर्फ उन्मुख बनाउने र बाह्य आयातित फलफूललाई विस्थापित गर्न उक्त, कार्यालयले “कृषक पेन्सन ” कार्यक्रमलाई जोड दिदै आएको छ । ४०० बोट कलमी ओखर, चार सय बोट विजु ओखर गरी आठ सय बोट ओखरका बोट रोपेका छौं , यि सबै बोट जोगाउन सके  धेलाथए(घरमै) ओखर बेचेर जीविका चलाउन सक्छौं। कृषिको सहयोगमा बोट रोप्न त सफल भयौं। बोट बचाउन पनि उत्तिकै मेहनत गर्नु पर्नेछ श्री भैरव कृषक समूह हिमाली २ कि चिनकला बोहराले खुसी व्यक्त गरे ।

 

बाजुराको हावापानी सुहाउँदो बालीको विकास गर्न यो वर्ष मात्र जिल्लाको करिब दुई सय हेक्टर बांझो जमिनमा ३३ हजार हिउँदे बिरुवा रोपेका छौं , बिरुवाको संरक्षण संवर्द्धन गर्नसके बाजुराका प्रति परिवारले चार पाँच लाख  रुपैंया घरमै बसी बसी कमाउन सक्छन् । यसले बाजुरा कृषिमा परनिर्भरता हट्ने छ कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जैशीको दाबी छ ।

  बाजुरामा रोपिएका सबै बिरुवा हुकार्उनसके जिल्लामा पाँच वर्षपछि  दश करोड रुपैंया बारवरको फलफूल निर्यात गर्न सकिने छ । बाजुरामा पछिल्लो समयमा “च्याउ देखि स्याउ सम्म ,आलु देखि सुन्तला सम्म र चौंरी देखि मौरी सम्म” ब्यवसायिक  खेती उत्पादनमा जोड दिन  थालिएको छ। फलफूल खेतीलाई ब्यबसायिकता बनाउनका लागि बामे सर्न थालेको ग्रामीण सडक गाउँ गाउँमा पुगेपछि कृषकले फलफूल नगदे वाली र अन्न बेचेर मनग्य आम्दानी बटुल्नसक्ने कृषिजानकारको भनाई छ।

बाजुरालाई जहिले पनि गरिबी र अभावको जिल्ला भनेर चिनिने गरेको भएपनि पछिल्ला समयमा कृषि ज्ञान केनद्रको पहलकदमीमा कृषकहरुको ब्यबसायिक खेतीमा आकर्षण बढ्न थालेको छ । कृषि र अवसर र सम्भावनाको जिल्लामा रुपासन्तरित हुदै गएको कृषि जानकारहरु बताउँछन् । बाजुराका कृषकले यो वर्ष  मात्रै दुई करोड रुपैंया वारावरको कोदो, स्याउ ,आलु सिमी, भटमास ,बन्दागोभी लगायतका रैथाने वाली जिल्ला बाहिर निर्यात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्