अटिजम र फरक यौन चाहनामा मीरा : स्याडो अफ अ रेन्बो



काठमाडौं ।

फरक विषयमा बनेको फिल्म मीराः स्याडो अफ अ रेन्बोको मंगलबार ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको संघर्ष र रहस्यपूर्ण कथा प्रस्तुत गरिएको छ।

२ मिनेट ५४ सेकेन्डको ट्रेलरमा प्राकृतिकरूपमै पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथासँगै आध्यात्मिक चिन्तन पनि दर्साइएको छ।

फिल्म एक बच्चामा देखिएको अटिजम (अन्तर्मुखी स्वभाव) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको फिल्मकी प्रमुख अभिनेत्री तथा निर्देशक अनिता पण्डितले बताइन्।

अनेकौँ आकांक्षाबीच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा फिल्मले अहम् भूमिका खेल्ने दाबी अनिताको छ।

‘नेपाली फिल्म उद्योगमा एक प्रकारको जोससहित फिल्मबाट समाज परिवर्तनका लागि सामाजिक मुद्दाको वकालत गर्ने मेरो उद्देश्य छ,’ पण्डितको भनाइ छ। केही दिनपछि केही लक्षित दर्शकका लागि विशेष प्रिमियर शोको आयोजना गर्ने र हल रिलिजको तयारीसमेत भइरहेको उनले जानकारी गराइन्।

आश्वी फिल्म्स्द्वारा निर्मित फिल्ममा अनिताको साथमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की, बाल कलाकार आश्वी घिमिरलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्