लखनउले बैंगलुरुलाई २८ रनले हरायो

238
Shares

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जाइन्टले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा लखनउले बैंगलुरुलाई २८ रनले पराजित गरेको हो।

लखनउले दिएको १८२ रनको लक्ष्य पछाएको बैंगलुरु १९.४ ओभरमा अलआउट हुँदै १५३ रन बनाएपछि खेल २८ रनले हारेको हो। यो आफ्नो घरेलु मैदानमा बैंगलुरुको लगातार दोस्रो हार हो।

  यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। यो लखनउको यस सिजनमा तेस्रो खेलमा दोस्रो जित हो भने रोयल बैंगलुरुले चौथो खेलमा एकमा जित र तीनमा हार बेहोरेको छ।

आईपीएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच खेल हुँदै छ।