हराएका १४२ मोबाइल धनीलाई



हेटौंडा ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बिभिन्न मितिमा बिभिन्न स्थानहरुबाट मोबाइल फोनहरु हराएकाले खोजतलास गरिदिन प्राप्त निवेदनका सम्बन्धमा तदारुकतासाथ खोजतलास तथा परिपत्र गरी विभिन्न फेला पारिएका १ सय ४२ थान मोबाइल प्रहरीले धनीलाई बुझाएको छ ।

मकवानपुरसहित बारा, पर्सा, रौतहट, चितवन, काठमाडौंलगायत जिल्लामा अन्य व्यक्तिले चलाइरहेको अवस्थामा बिभिन्न कम्पनीका १ सय ४२ थान मोबाइलहरु फेला पारेर सम्बन्धित मोबाइलधनीलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा सनाखतपछि बुझाइएको हो ।

प्रतिक्रिया दिनुहोस्