तत्कालीन डीएसपी ठगबहादुर केसी दोषी ठहर



काठमाडौँ।

घुस लिएको आरोप लागेका नेपाल प्रहरीका तत्कालीन डीएसपी ठगबहादुर केसी दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रीजेन्द्र थापाको मंगलबारको संयुक्त इजलासले केसीलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हो ।

केसीलाई २ वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।

केसीलाई यसअघि नै गृह मन्त्रालयले विभागीय कारबाहीस्वरुप बर्खास्त गरिसकेको छ । रुपन्देहीको इलाका प्रहरी बुटवलमा प्रमुख भएका बेला केसीले बरामद भएको सुन फिर्ता गर्ने क्रममा घुस मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्