१३ लाख भन्दा बढी अवैध रकमसहित २ जना प्रहरीको नियन्त्रणमा



काठमाडौँ।

प्रहरीले १३ लाख ५० हजार अवैध रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा, कलैयाबाट खटिएको प्रहरी टोलीले सोमबार बिश्रामपुर गाउँपालिका वडा नं.४ मुसहर्वा स्थित सडक खण्डमाबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका वडा नं. १ बनकटवा बस्ने ३४ वर्षीय हरिकिशोर प्रसाद पटेल र बारा महागढीमाई नगरपालिका वडा नं. १ बस्ने ४२ वर्षीय रमेश प्रसाद कुशवाहा रहेका छन्।

हरिकिशोर प्रसाद पटेलले प्रदेश २-०३-०१६ प २३३७ नं. को मोटरसाईकलमा भारतबाट नेपालमा श्रोत नखुलेको रकम ओसार पसार गर्ने क्रममा उनको साथबाट लुकाई छिपाई ल्याएको तेह्र लाख पचास हजारसहित पक्राउ गरी आवश्यक अनुसनधान भइरहेको प्रहरीले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्