स्कुल बसको ठक्करबाट एकको मृत्यु, एक घाइते



नवलपरासी ।

पूर्वी नवलपरासीमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत फलेबास ४ घरभै चितवनको भरतपुर २६ बस्ने ६८ वर्षीय पार्वती पा‌डेल रहेकाे जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।

प्रहरीका अनुसार सोही घटनाकी घाइते गैडाकाेट ५ निवासी २० वर्षकी आशिका सापकोटाकाे अवस्था गम्भीर रहेकाले उपचारका लागि चितवनको भरतपुर पटाइएको छ ।

प्राप्त जानकारी अनुसार स्थानीय बालबिकास स्कुलको ना ४ ख १०४१ नम्बर बसले विपरीत दिशाबाट आउँदै गरेको बा ९३ प ९२०९ नम्बरको स्कुटरलाई ओमशान्ति मार्गको भित्री सडकखण्डमा ठक्कर दिएकाे थियाे ।

प्रहरीले घटनामा परेको बस र त्यसका चालकलाई नियन्त्रण लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्