भक्तपुरबाट २२ जुवाडे पक्राउ



भक्तपुर ।

प्रहरीले सोमबार राति चाँगुनारायणको एक रेष्टुरेन्टबाट २२ जुवाडेलाई पक्राउ गरेको छ ।

चाँगुनारायणको त्रिशुलडाँडास्थित रुद्राक्ष रेष्टुरेन्टमा दीपेन्द्र थापा क्षेत्री र रामेश्वरले जुवा खेलाएको सूचनाका आधारमा पुगेको प्रहरीले १२ लाख रुपैयाँ बरामद गरेको छ । तर कौडासहितकै जुवा र तासको छुट्टाछट्टै खाल संचालन गरिएको र रकम १२ लाख भन्दा धेरै भए पनि प्रहरीले त्यतिमात्र देखाएको स्रोतको दाबी छ ।

उक्त जुवा अखाडामा हाइप्रोफाइल जुवाडे पनि रहेको बताइएको छ । तर जुवाडेको नामावली भने प्रहरीले सार्वजनिक गर्न सकेको छैन ।

भक्तपुरका जगाते, नंखेलदेखि चाँगुनारायणका रेष्टुरेन्टहरुमा जुवा अखाडा संचालन हुँदैआएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्