आईपीएलमा मुम्बईको लगातार तेस्रो हार



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मुम्बई इन्डियन्सले लगातार तेस्रो हार बेहोरेको छ। गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले मुम्बईलाई ६ विकेटले पराजित गरेको हो।

मुम्बईले दिएको १२६ रनको लक्ष्य पछ्याएको राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन मात्र बनाएको थियो।

यो यस सिजनमा मुम्बईको लगातार तेस्रो हार हो। त्यस्तै राजस्थानले भने यस सिजनमा लगातार तेस्रो जित हासिल गरेको छ। ३ खेलमा ६ अङ्क हासिल गरेको राजस्थान अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्