एमाले रूकुम पश्चिमको अध्यक्षमा नन्दराम देवकोटा चयन



काठमाडौँ।

नेकपा (एमाले) रूकुम पश्चिमको ९ औं जिल्ला अधिवेशनबाट नन्दराम देवकोटा अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । गत चैत १६ गते उद्घाटन गरेर ४ दिनपछि आज ६९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गर्दै सम्पन्न भएको हो ।

नवनिर्वाचित कमिटीको उपाध्यक्षमा मनविर घर्ती र सचिवमा शशिराम नेपाली पनि सर्वसम्मत रूपमा चयन भएका छन् । त्यस्तै सहसचिवमा ब्युझना पुन र तिलक बस्नेत सर्वसम्मत भएको निर्वाचन कमिटीले जनाएको छ।

यस्तै पलबहादुर खड्काको संयोजकत्वमा लेखा समिति पनि निर्विरोध चयन भएको छ।
सो समितिको सचिवमा कृष्णभक्त ओली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्