सवारी ज्यान मुद्दाका फरार प्रतिबादी पक्राउ



काठमाडौँ।

प्रहरीले सवारी ज्यान मुद्दाका फरार एक प्रतिबादीलाई पक्राउ गरेको । पक्राउ पर्नेमा ललितपुर महाङकाल गा.पा.-०३ स्थायी घर भई हाल ललितपुर ल.पु.म.न.पा.वडा नं. १७ ग्वार्को बस्ने २७ वर्षीय सरोज घले रहेका छन्।

२०७३।१२।११ गते प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाने क्रममा स्वर्गद्वारी नगरपालीका वडा नं.०३ रुमाले भन्ने स्थानमा बा ८ च १५६१ नं.को स्कार्पियो जिप दुर्घटना भई दिनेश ध्वज बस्नेत समेत ६ जनाको मृत्यु भएको थियो।

उक्त सवारी ज्यान मुद्दामा फरार रहेका चालक घलेलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार ग्वार्कोबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, प्युठान पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्