सुनको मूल्य एक हजार छ सय रुपैयाँले बढ्यो

15.04k
Shares

काठमाडौं ।

नेपाली बजारमा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार एक लाख ३० हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि भने प्रतितोला एक लाख ३१ हजार छ सय रुपैयाँ कायम भएको छ।

यस्तै, तेजाबी सुन आइतबार एक लाख २९ हजार चार सय रुपैयाँमा कारोबार भएकामा आज भने एक लाख ३० हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ।

आइतबार प्रतितोला प्रतितोला एक हजार पाँच सय ३५ रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ।