रुसी सेनामा रहेका नेपालीका आफन्तहरूले सिंहदरबार अगाडि गरे प्रदर्शन

266
Shares

काठमाडौं ।

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै प्रदर्शन भएको छ। सोमबार बिहान रुसी फौजमा ज्यान गुमाएका तथा बेपत्ता भएकाका परिवारले सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा उत्रिएका १४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्दार गरी नेपाल ल्याउन,  युद्धमा घाईते नेपालीको उचित उपचार, क्षतिपुर्ति र नेपाल ल्याउने व्यवस्थाको माग गर्दै उनीहरुले प्रदर्शन गरेका थिए।

मृतकको शव ल्याउने र क्षतिपुर्तिसहित रुसी सेनाबाट पाउने तलब, भत्ता उपलब्ध गराउन र वेपत्ताको अवस्था खोजी गर्न विधि र प्रक्रिया घोषणा गरी तत्काल कार्यान्वयन गर्न समेत उनीहरुको माग छ ।