एरिकाले अमेरिकामा स्वर्ण जितिन्

1.13k
Shares

काठमाडौं ।

एरिका गुरुङले अमेरिकाको टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको यू २१ महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण जितेकी छन् । तर, एरिकाले सोही तौल समूहको महिला खुल्ला विधातर्फ भने रजत पदकमा चित्त बुझाइन् ।

सोमबार भएको महिला खुल्लातर्फ फाइनलमा एरिका अमेरिकी खेलाडीसँग ३–२ ले पराजित भएकी हुन्। नेपालका अन्य खेलाडीमा विप्लभलाल श्रेष्ठ ८४ केजी मुनिको तौल समूहको सेमिफाइनलमै पराजित भए।

गत असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) मा एरिकाले रजत जितेकी थिइन्।