मार्सेलीमाथि पिएसजीको सहज जित

1.41k
Shares

काठमाडौं ।

फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले मार्सेलीमाथि सहज जित हासिल गरेको छ। गए राति सम्पन्न खेलमा पिएसजी २-० ले विजयी भएको हो। पिएसजीको जितमा भितिन्हा र गोन्कालो रामोसले एक एक गोल गरेका थिए।

त्यसै गरी यस खेलमा पिएसजीका लुकास बेराल्डोले खेलको ४०औँ मिनेटमा रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो।

यो जितपछि पिएसजीको फ्रेन्च लिग वानमा २७ खेलमा ६२ अङ्क भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको ब्रेस्टभन्दा पिएसजी १२ अङ्कले अगाडी रहेको छ। यता मार्सेलीको २७ खेलमा ३९ अङ्क रहेको छ।