सुदूरपश्चिममा आज सार्वजनिक बिदा

434
Shares

धनगढी ।

सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।  राना थारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा   सरकारले प्रदेश अन्तर्गतका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

आज प्रदेशभर खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले जानकारी दिए।

राना थारु समुदायको सबैभन्दा ठुलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ। एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन राना थारु समुदायले खखडेहरा पर्व मनाउने गर्दछन्।