आईपीएलमा दिल्लीले चेन्नईलाई २० रनले हरायो



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्सले पहिलो जित हात पारेको छ। गए राति सम्पन्न खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेको हो।

दिल्लीले दिएको १९२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन मात्र बनाउन सक्यो। चेन्नईका लागि अजिंक्य रहाणेले सर्वाधिक ४५ र महेन्द्र सिंह धोनीले अविजित ३७ रन बनाएका थिए।

त्यसै गरी डार्यल मिचेलले ३४, रविन्द्र जेडेजाले अविजित २१ रन बनाएका थिए। त्यसै गरी दिल्लीका बलर मुकेश कुमारले सर्वाधिक ३ विकेट लिए भने खलिल अहमदले २ तथा अक्सर पटेलले एक विकेट लिए। यस अघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो।

दिल्लीका लागि डेभिड वार्नरले ५२ र ऋषभ पन्तले ५१ रन बनाएका थिए। त्यस्तै पृथ्वी शाहले ४३ र मिचेल मार्शले १८ रन बनाएका थिए। यो यस सिजनमा दिल्लीको तेस्रो खेलमा पहिलो जित हो।

दिल्लीले यस सिजनका शुरुवाती दुवै खेलमा हार बेहोरेको थियो । त्यस्तै शुरुका दुवै खेल जितेर शानदार जित हासिल गरेको चेन्नईले भने तेस्रो खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्