दुई मोटरसाइकल एकापसमा ठोकिँदा १ जनाको मृत्यु

2.6k
Shares

रौतहट ।

रौतहटमा दुई मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बौधिमाई नगरपालिका- ४ इनर्वारी निवासी २५ वर्षीय सुरेश पासवान रहेका छन्।

आज बिहान रौतहटको परोहा नगरपालिकाको बसन्तपट्टी र लौकाहाको बिचमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका पासवानको उपचारका क्रममा वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।

रौतहटको हुलाकी राजमार्गमा पासवान र परोहा नगरपालिका जिगडवा निवासी अलियासको मोटरसाइकल एकापसमा ठोक्किएका हुन्।