नेपालले आज गुजरातसँग खेल्दै



काठमाडौं । 

भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले फ्रेन्डसिप कपको पहिलो खेल आज खेल्दै छ। आज नेपालले गुजरात क्रिकेट एसोसियसनसँग खेल्दै छ।

टी-२० फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार २: ४५ बजेदेखि सुरु हुँदै छ। भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्दै छ।

मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुने छ। नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो। भारतबाटै नेपाल ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जाँदै छ।

प्रतिक्रिया दिनुहोस्