आज कुन तरकारी तथा फलफूलको मूल्य कति?

294
Shares

काठमाडौं ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १४०, कालो अङ्गुर २००, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, भारतीय सुन्तला १२०, नेपाली मेवा ७० चुकन्दर ५० र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा र भारतीय ठूलो गोलभेँडा ७०, अदुवा २२०, रातो आलु ४४ र रातो भारतीय आलु ३८ रूपैयाँमा कारोबार हुँदा स्थानीय काउली १०, लौका ६०, कागती २४०, लोकल काँक्रो ६०, सुकेको खुर्सानी ४३०, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

तराइ गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा १८, हाइब्रिड सेतो मूला २५ र रातो मूला ४५ रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी २५ रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ र टाटे सिमी ४० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी २५ रूपैयाँमा खरिदबिक्री हुँदैछ भने तोरीको साग ४० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग १०० र जिरीको साग ५० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७०, हरियो प्याज ३० र पुदिना १०० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भन्टा २०, भिण्डी ९० र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितिले जनाएको छ।

उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।