रुपकको मेरो माया तिम्रो लागि सार्वजनिक



काठमाडौं ।

लोकप्रिय गायक रुपक डोटेलको नयाँ गीत मेरो माया तिम्रो लागि सार्वजनिक गरिएको छ। मनि सुवेदीको प्रस्तुति तथा शब्द रचना रहेको गीतमा साहस शाक्यको एरेन्जमेन्ट र गायक स्वयं डोटेलको संगीत रहेको छ।

सेन्टिमेन्ट शैलीमा प्रेमपीडा व्यक्त गरिएको गीतमा गायकले प्रेमीकाले आफ्नो माया नबुझेको गुनासो पोखेका छन्। गीतको भिडियोमा एक जोडी प्रेमीको प्रेम र विछोड देखाउन खोजिएको छ।

भिडियोमा गायक डोटेल आफैँ देखिएका छन् भने उनलाई अभिनयमा मोडल गरिमा शर्माले साथ दिएकी छन्। भिडियोमा गायक डोटेल र मोडल शर्माको जोडी सुहाएको छ।

उत्तम हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन रहेको भिडियो गायक डोटलले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्। भिडियो निर्देशक निकेश खड्काले निर्देशन गरेका छन्।

पाँच सयभन्दा बढी गीतमा स्वर दिइसकेका गायक डोटेलका बनकी चरी, सानुमाया, मेरो बोली सुन्दा, चोखो माया लाकै होनी मायालगायत गीत हिट छन्।

प्रतिक्रिया दिनुहोस्