जवानीको जोशको १८२

924
Shares

काठमाडौं ।

रक ब्यान्ड झिल्के एन्ड द कम्पनीले आफ्नो एल्बम जवानीको जोशको गीत १८२ सार्वजनिक गरेको छ। यो झिल्के फायर इपीबाट पंक्षीहरूसँग डेब्यु गरेपछि ब्यान्डको दोस्रो प्रस्तुति हो।

गीतले नेपाली पारिवारिक जीवनको एक मार्मिक झलक प्रस्तुत गरेको छ। डिनर टेबलको वरपर साझा गरिएका अव्यक्त सपना र इच्छालाई भिडियोमा देखाइएको छ।

‘पूर्वी नेपालले मेरो हृदयमा विशेष स्थान ओगटेको छ। त्यही कारण हामीले यहाँको प्राकृतिक पृष्ठभूमिमा नेपाली पारिवारिक जीवनका कथा चित्रण गर्ने उद्देश्य राखेका छौँ,’ ब्यान्डका गायक तथा गिटारवादक स्टिभ देवानले भने।

भिडियोमा शान्तादेवी पौडेल, रुद्र ओली, अवान रानामगर र प्रसिद्धि ओली फिचर्ड छन्। भिडियोमा रिदम राईंको डीओपी, आविष्कार जोशीको सहायक डीओपी, गौरव विष्टको कलर र सम्पादन तथा अभिषेक गिरीको प्रोडक्सन छ।

गीत ब्रोकन एग स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको भिडियो झापाको बिर्तामोड र अर्जुनधारा वरपरका चियाबगान र खेतबारीमा छायांकन गरिएको छ। गीतको भिडियो झिल्के एन्ड द कम्पनीबाट सार्वजनिक गरिएको हो।