गणेशमान स्मृति बक्सिङमा आर्मी र एपीएफ च्याम्पियन

140
Shares

काठमाडौं ।

नेपाल आर्मी क्लब र नेपाल एपीएफ क्लब छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेका छन्।

पुरुषमा च्याम्पियन बनेको आर्मीले ३ स्वर्ण, प्रहरीले २ स्वर्ण तथा कर्णालीले १ स्वर्ण प्राप्त गरे। महिलामा च्याम्पियन बनेको एपीएफले पनि ३ स्वर्ण नै जित्यो।

आर्मी, लुम्बिनी र प्रहरीले समान १–१ स्वर्ण हासिल गरे । पुरुष÷महिला दुवैमा समान ६–६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।

पुरुषमा प्रहरीका चन्द्रबहादुर थापा तथा महिलामा एपीएफकी संगीता सुनार उत्कृष्ट खेलाडी घोषित भए। दुवैले जनही ५० हजार नगद पुरस्कार प्राप्त गरे। उनीहरूले आ–आफ्ना तौल समूहमा स्वर्ण जितेर पनि त्यसवापत जनही २५ हजार नगद पनि हासिल गरेका हुन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको पुरुष ५१ केजी फाइनलमा चन्द्रले स्वर्ण जितेका थिए । उनले मधेश प्रदेशका रविन थापालाई पराजित गरेका थिए। यस्तै संगीताले ६० केजीमा आर्मीकी ललिता महर्जनलाई हराएर स्वर्ण जितेकी थिइन् ।

पुरुषतर्फ ५७ केजीमा आर्मीका प्रेम चौधरीले कर्णाली प्रदेशका सुलभ माली (वाकओभर), ६३.५ केजीमा प्रहरीका भुपेन्द्र थापाले आर्मीका खगेन्द्र रोका मगर, ७१ केजीमा आर्मीका दानबहादुर दर्लामीमगरले एपीएफका विक्रम चौधरी, ८० केजीमा कर्णालीका मनोज तामाङले सुदूरपश्चिमका बालाजी रावल तथा ९२ केजीमा आर्मीका महेन्द्र केसीले एपीएफका रविन नेपाललाई हराउँदै पहिलो भए।

महिला ५० केजीमा लुम्बिनीकी सुष्मा तामाङले बागमतीकी रमिशा श्रेष्ठ, ५४ केजीमा प्रहरीकी अञ्जनी तेलीले बागमतीकी रक्षा जिसी, ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले कोशीकी नारिका राई, ६६ केजीमा एपीएफकी विनिता थापामगरले आर्मीकी निरु गुरुङ तथा ७५ केजीमा एपीएफकी सरस्वती रानाले आर्मीकी तृषा जबेगुलाई पाखा लगाउदै स्वर्ण जिते।

हरेक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र ७ं हजार ५ सय नगद पुरस्कार प्राप्त गरे।

विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।