आईपीएल क्रिकेटमा लखनउले पञ्जाबलाई २१ रनले हरायो

336
Shares

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गए राति भएको खेलमा लखनउ सुपर जाइन्टले पञ्जाब किंग्सलाई पराजित गरेको छ। लखनउले पञ्जाबलाई २१ रनले पराजित गरेको हो।

लखनउले दिएको २०० रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै १७८ रन बनाएको थियो। पञ्जाबका लागि कप्तान शिखर धवनले सर्वाधिक ७० रन बनाए भने जोनी बैरस्ट्रवले ४२, लि यम लिभिङस्टोनले २८ तथा प्रभसिमरन सिंहले १९ रन बनाए। त्यस्तै लखनउका बलर मयंक यादवले ३ तथा मोशिन खानले २ विकेट लिएका थिए।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन बनाएको थियो। लखनउका लागि क्वेंटन डिककले सर्वाधिक ५४, क्रुनाल पाण्डेयले ४३ र निकोलस पुरनले ४२ रन बनाएका थिए।

त्यसै गरी पञ्जाबका बलर साम कुरानले ३, अर्शदीप सिंहले २ तथा कागीसो रबाडा र राहुल चहरले एक एक विकेट लिएका थिए। यो जितसँगै लखनउले यस सिजनमा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने पञ्जाबले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ।