काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ ।
बिहीबार सबै ६ प्रारम्भिक उम्मेदवारसँग छलफल गरेपछि बाँकी पाँच जनाले आफ्नो उम्मेदवार फिर्ता लिएपछि लिम्बू उम्मेदवार बनेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् ।
इलाम-२ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बू र डा. शेष नारायण न्यौपाने रहेका थिए ।
प्रतिक्रिया