नाटककार वासु शशीको स्मृतिमा सम्मान

2.07k
Shares

काठमाडौं ।

वासु शशी स्मृति परिषद्ले राजधानीमा नाटककार तथा साहित्यकार वासु शशीको ८८औं जन्मजयन्ती एवं सम्मान समर्पण कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा गीतकार किरण खरेल वासु शशी साहित्य सम्मान २०८० तथा साहित्यकारहरू प्रतिसरा सायमि वासु शशी साहित्य पुरस्कार २०८० र कृष्ण सरस्वती साहित्य पुरस्कार २०८० बाट डा. विष्णु राईलाई पुरस्कृत गरिएको छ।

परिषद्का अध्यक्ष गणेश रसिकको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ चिकित्सक गौरिशंकरलाल दासले पुरस्कार समर्पण गरेका थिए।

कार्यक्रममा परिषद्का सचिव प्रद्युम्न जोशीले स्वागत गरेका थिए भने सम्मानित र पुरस्कृतको परिचय कवि एवं फिल्म निर्देशक प्रकाश सायमिले गरेका थिए।

कार्यक्रममा ख्यातिप्राप्त आख्यानकार स्व. परशु प्रधानको स्मृतिमा एक मिनेट मौन धारण गरिएको थियो।त्यसैगरी वासु शशी कृष्ण जोशी र परशु प्रधानको योगदानको चर्चा पनि गरिएको थियो।