मेड इन नेपाल नारासहित चैत अन्तिम साता ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ हुने  



ललितपुर । 

मेड इन नेपाल थिमसहित यही  चैतको अन्तिम साता ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने  इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजक पक्षले जनाएको छ।

ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालन हुने ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान,श्रीलंका बंगलादेश, थाइलैण्ड, टर्की, मलेसिया,  साउथ कोरीया लगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी  सामानहरु ट्रेड एक्स्पोमा राखिने बताइएको छ।

ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्श, जावलाखेल युथ क्लब, नेपाल हस्तकला महासंघ सहयोगी एंव साथमा साथदिने ललितपुर तयारी पोशाक व्यापार संघ, कुमारीपाटी जावलाखेल व्यापार संघ, मदिरा व्यवसायी संघ ललितपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग संघ, ललितपुर कपडा तथा टेलरिङ्ग व्यवसायी संघको सहयोगमा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, स्वास्थ्य वर्धक सामानहरु, अर्गानिक प्रडक्ट र  गरगहनालगायतका सामग्रीहरु प्रदर्शनीमा  राखिने आयोजक पक्षले जनाएको छ।

ललितपुर चेम्बर अफ कमर्सले इण्ट्ररडक्सन ट्रेड शा् नेपाल प्रा.लि संगका. सहकार्यमा पहिलो पटक ललितपुरको मुख्यकेन्द्र बिन्दु जावलाखेल फुटबल ग्राउण्डमा आयोजना गर्न लागेको यस एक्स्पोमा मेड ईन ललितपुरको पेभिलिन रहने छ।  जसमा ललितपुरमा उत्पादन हुने मौलिक निकासी योग्य समानहरु र दैनिक उपभोग्य सामानहरुका अतिरिक्त आफ्नो ब्राण्डको परिचित गराउने र ललितपुरको विभिन्न वडाहरुबाट उत्पादन हुने बिभिन्न सामानहरुको प्रर्दशनी रहने छ । साथै महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको उद्यमी व्यवसायीहरुले पनि आफ्नो उत्पादनलाई प्रर्दशनी गराउने र आकर्षणको रुपमा अमूर्त संम्पदा र कला संस्कृतिको प्रर्दशनी, फेसन शो र बालबालिकाहरुको लागि प्ष्मक श्यलभ राख्नुको अतिरिक्त थप आकर्षणको रुपमा यस एक्स्पोमा सहभागी बिभिन्न छिमेकि मित्र राष्ट्रहरुका प्रतिष्ठित व्यवसायीहरुको सहभागीता रहने छ । यस एक्स्पोले सार्कराष्ट्र बिचको कला संस्कृति र रितीरिवाज आदान प्रदान गर्न मेलाले उत्कृष्ट भुमिका खेल्न र यस एक्स्पोले आर्थिक गतिविधिमा सहयोग पुर्याउने अमूर्त सम्पदा र कला संस्कृतिको प्रस्तुतीमा कुमारी नाच, भैरब, योगिनी, सप्तलोचनी र ताराको नृत्य प्रस्तुत गरिने  ।

पहिलो पटक ललितपुरमा आयोजना गर्न लागेको एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहने छ।एक्स्पोले आर्थिक गतिविधिलाई बढाउनुको अतिरिक्त दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले बताए ।

सार्क मुलुकमा निर्मित सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले अन्य मुलुकमा प्रभाव जमाएको र  मेलामार्फत सहभागी देशहरुको उत्पादनको प्रबद्धनमा सघाउ  पुग्ने छ । यस्तो मेलाले सहभागी मुलुकका व्यवसायीहरुलाई सामिप्यमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको छ । मेलाको आकर्षणको रुपमा खानाको विभिन्न देशका विभिन्न स्वादका फुड स्टल, साना बालबालिकाहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, थाइल्याण्ड, टर्कि, मलेसिया, बङ्गलादेश र नेपालका उत्कृष्ट उत्पादनको करिब १०० भन्दा बढि स्टलहरु रहने छन् ।

मेलाको आकर्षणको रुपमा ललितपुरमा उत्पादित काठबाट बनाइएका कलाकृर्तिहरु, मूर्ति, कार्पेट र कपडाको जिवन्त प्रर्दशन गरिने छ ।

प्रथम पटक हुने यस एक्स्पोले अहिलेको नेपालको परिस्थितीमा आर्थिक चलाएमान गर्न र नेपालमा उत्पादन भएका सामानहरु अन्तराष्ट्रिय बजारमा बढि भन्दा बढी  पुर्‍याउन र विभिन्न देशको उत्कृष्ट व्यवसायीहरु सँग सामिप्यबाट समग्र ललितपुरको आर्थिक स्थिती सुदृढ हुने विश्वास आयोजकले  लिएको छ

प्रतिक्रिया दिनुहोस्