काेशीमा एमालेको सरकार बन्छ :  ईश्वर पोखरेल

2.54k
Shares

 उदयपुर ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री ईश्वर पोखरेलले काेशी प्रदेशमा सहमतिका आधारमा एमालेको सरकार बन्ने बताएका छन्।

मंगलबार उदयपुरको गाईघाटमा प्रेस चौतारी नेपाल उदयपुर शाखाले गरेको पत्रकार  भेटघाट कार्यक्रमा वरिष्ठ उपाध्यक्ष पोखरेलले काेशीमा एमालेको सरकार बनाउन छलफल भैरहेकाे र दलीय सहमतिका आधारमा सरकार बनाउने कुरा चलिरहेकोले आवश्यक तयारीमा लागेको बताए ।

उनले वाम एकताभन्दा पनि मुलुकको राजनीतिक एकता आवश्यक रहेको जानकारी दिँदै अहिले मुलुक नयाँ राजनीतिक समीकरण बनाएर अघि बढेकाेले सम्भव भएसम्म मुलुकका सबै राजनीतिक शक्तिलाई समीकरणमा एकताबद्ध गरेर अघि बढ्ने एमालेकाे लक्ष्य र उद्देश्य रहेको बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मिसन ८४ सफल पार्न याे राजनीतिक समिकरणले एमालेलाई मद्दत गर्ने छ र मुलुकको आर्थिक समृद्विका लागि पनि महत्त्वपूर्ण भूमिका निभाउने  भएकोले मुलुकलाई सही बाटोमा लैजान पनि हालकाे राजनीतिक समीकरणको निष्कर्ष रहेको बताए ।