होलीको शुभकामना दिन दरबारमार्ग पुगेका मेयर बालेनले गाए र्‍याप 

2.82k
Shares

  काठमाडौँ। 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले  होलीको अवसरमा प्रस्तुति दिएका छन्।  काठमाडौं महानगरपालिका वडा नम्बर १ र दरबारमार्ग विकास बोर्डले  आइतबार आयोजना गरेको कार्यक्रममा उनले  छोटो र्‍यापको प्रस्तुति दिएका हुन्।

 होलीको अवसरमा दरबारमार्गमा स्थापित कलाकारहरुले प्रस्तुति दिइरहेका थिए।  घुम्दै आउने क्रममा त्यहाँ पुगेका  मेयर बालेनलाई  कार्यक्रममा सहभागीहरुले पटक पटक र्‍याप गाउन आग्रह गरेपछि उनी  गाउन बाध्य भएका हुन् ।

प्रस्तुतिपछि बालेनले ढुक्कसँग बेलुकीसम्म होली मनाउन पनि सहभागीलाई आग्रह गरेका थिए ।