एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशनको तयारी पूरा



उदयपुर ।

आगामी १३ र १४ गते हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले) उदयपुरको  नवौँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ ।
नवौँ जिल्ला अधिवेशन प्रचार प्रसार उपसमितिले आज (शनिबार) गाईघाटमा पत्रकार सम्मेलन मार्फत अधिवेशनको लोगो सार्वजनिक गर्दै अधिवेशनको तयारी पुरा भएको जनाएको हो ।

अधिवेशनका लागि ७५ वटा वडा र २३ वटा जनसंगठन र सलाहकारबाट ६ सय ३२ जना प्रतिनिधिको छनौट भइसकेको जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले बताए।

चैत ६ गते सबै कमिटीबाट प्रतिनिधि छनौट भई सकेको अध्यक्ष घिमिरेले छनौट भएर आएका प्रतिनिधीहरुको अभिलेख राख्ने ९५ प्रतिशत भन्दा बढी कार्य सकिएको बताए।
अध्यक्ष घिमिरेका अनुसार नवौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व छनौट गर्ने तयारी भई रहेको जानकारी दिए ।

गतिशील संगठन, क्रियाशील सदस्य विकासको संम्बाहक र सामाजिक रुपमान्तरणमा नेकपा एमाले भन्ने मुलनाराका साथ सम्पन्न गर्ने एमाले उदयपुरले जनाएको छ ।

अधिवेशनको उद्घाटन पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने जनाइएको छ ।

 पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य अम्बिका थापा, उदयपुर सचिव कालुमान लामा, उपसचिव भरत बहादुर थापा, त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई लगायतको उपस्थिति रहेको थियो ।

जिल्लाभर प्रतिनिधि छनौटको कार्य सम्पन्न भएसँगै नेतृत्वमा दाबी गर्ने नेताहरुले सक्रियता बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्