कांग्रेसलाई प्रधानमन्त्रीको प्रश्न: उजुरी पर्नासाथ राजीनामा दिने सहमति गर्न सक्छौँ?

406
Shares

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएका प्रश्नमा जवाफ दिँदै उनले पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा रविको संलग्नता नभएको दाबी गरेका हुन्। साथै, उनले लामिछानेविरुद्धको मुद्दामा कुनै प्रमाण र आधारसमेत नपाइएको अनुसन्धान अधिकृतले आफूलाई जानकारी गराएको बताए।

‘मुद्दा बुझाइसक्दासम्म उहाँको नाममा उजुरी, निवेदन केही छैन। उजुरी पर्नासाथ राजीनामा दिने हो भने के हुन्छ? के हामी उजुरी दर्ता हुनासाथ राजीनामा दिने सहमति गर्न सक्छौँ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘हैन, गृहमन्त्रीबाट चाहिँ हटाऊँ, मुद्दा प्रभावित हुन्छ भन्न खोज्नुभएको हो भने प्रभावित पार्नेले अर्को मन्त्रालयमा बसे पनि पार्ला। सरकारमा बसे मात्रै पनि पार्ला।’

साथै उनले सुशासनको संकल्प लिएर नै ठूलाठूला भ्रष्टाचारका काण्ड छानबिन भएको दाबी पनि गरे।