एफसी स्टार च्याम्पियन



काठमाडौं ।

एफसी स्टार फुटबल टिम दक्षिणकाली नगरपालिका क्लब स्तरिय नाइन ए साइड मेयर कप फूटबल प्रतियोगिता २०८० को च्याम्पियन बनेको छ।

प्रतियोगिताको फाइनलमा श्री सिद्धि गणेश युथ क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै एफसी स्टारले उपाधि जितेको हो । प्रतियोगिता दक्षिणकाली नगरपालिकाको मुख्य प्रायोजन, दक्षिणकाली नगर खेलकुद समितिको प्राविधिक सहयोग र श्री दक्षिणकाली परोपकार युवा क्लबको आयोजनामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्