दीपक मनाङेले लिए भौतिक पूर्वाधारमन्त्रीको शपथ

784
Shares

काठमाडौँ।

नवनियुक्त गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री दीपक मनाङेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई सोमबार शपथ गराएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए ।