औषधि उत्पादनमा लापरबाही

84
Shares

काठमाडौँ। 

 औषधि उत्पादन बिक्री वितरणमा नेपाली औषधि उद्योगहरु अब्बल बन्दै गए भन्ने जनविश्वास बढ्न नपाउँदै केही उद्योगले गुणस्तरमा ध्यान नदिएको प्रमाणित भएको छ ।
हालै औषधी व्यवस्था विभागले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह गरेको छ । जबकी आम नागरिकले सजिलै खरिद गर्ने र पहुँचमा रहेको सिटामोल गुणस्तरहीन भएको औषधि व्यवस्था विभागले गरेको अनुगमनले प्रमाणित गरेको जनाएको छ ।

विभागले अनुगमनका क्रममा सङ्कलन गरेको औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको भएकोले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह गरेको हो ।

विभागका अनुसार युनिमोल ट्याब्लेट नामक प्यारासिटामोलको ब्याच नं २३६९ जुन २०२३ मा उत्पादन भएको हो । विभागले उक्त औषधि , औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरणमा रोक गरी बजारबाट तुरुन्त फिर्ता गरी विवरण पेस गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

ऐनमा औषधि उत्पादनमा गुणस्तर नभएमा बजारबाट फिर्ता ल्याउने र औषधि प्रयोगका कारण मृत्यु भएमा उचित क्षतिपूर्ति भन्ने उल्लेख गरिनुले औषधि उत्पादनमा गुणस्तर नहुँदा पनि कानुनी कारबाही वा जरिवाना जस्ता विषय स्पष्ट उल्लेख गरेको पाइन्न ।