सरकारी दस्तखत किर्ते मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

476
Shares

उदयपुर । 

 जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार सरकारी दस्तखत किर्ते मुद्दाका दुईजना फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय  उदयपुरले दिएको जानकारी अनुसार जिल्ला अदालत उदयपुरले २०७९ असार १६ गतेको फैसला अनुसार सरकारी दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएका त्रियुगा नगरपालिका १० बोक्सेका भूप बहादुर गौली र सोही ठाउँ बस्ने पृथ्वीमान सार्कीलाई पक्राउ गरेको हो ।

 जिल्ला अदालत उदयपुरले दुबैलाई जनही १ लाख ४० हजार जरिवाना र द्ध वर्ष कैद सजाय सुनाएकोमा दुवै फरार सूचीमा रहेका थिए ।

गौली नापी कार्यालय उदयपुरको कार्यालय सहयोगीका रुपमा कार्यरत रहदा सार्कीसँगको मिलेमतोमा त्रियुगथा नपा १० को जग्गा नाप जाँच गर्ने क्रममा कागजात मिलाउँदा सरकारी दस्तखत किर्ते गरेकोमा छानविनगर्दा दोषी देखिएपछि अदालतमा मुद्दा दर्ता भएकोमा दुबे जना दोषी ठहर भएका थिए ।