अश्लील भिडियो बनाएको आरोपमा एक पक्राउ

364
Shares

वीरगन्ज । 

पर्साको छिपहरमाई गाउँपालिकामा अश्लील भिडियो बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका वडा नम्बर ५ निवासी सज्जाद अहमद रहेका छन्।

स्थानीयहरूले अहमदले गाउँपालिका क्षेत्र भित्रका सयौँको  संख्यामा स्कुल पढ्ने बालिकादेखि गाउँका महिलाहरूको अश्लील भिडियो बनाएको भन्दै प्रहरीलाई जिम्मा लगाएका हुन्।

प्रहरीले उनको साथबाट एक थान मोबाइल र २ थान पेनड्राइव बरामद गरेको छ। वैदेशिक रोजगारमा रहेका अहम्मद नेपाल फर्किएपछि यस्तो गतिविधिमा लागेको स्थानीयको आरोप छ।

दोषीलाई कानुन अनुसार कारबाही गर्नु पर्ने भन्दै स्थानीय युवाहरूले टायर बालेर प्रदर्शन गर्नुका साथै बजार बन्द गराएका छन्। स्थितिलाई नियन्त्रणमा लिनका लागि इप्रका पोखरीया, बिओपी भिस्वाकाे परिचालन गरिएको छ।