शालीन मृत्यु प्रकरण : प्रिन्सिपल देवकोटसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

1.7k
Shares

काठमाडौँ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी शालीन पोखरेलको घटनामा पक्राउ परेका तीनजनाविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको छ।

विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमल पौडेलविरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहमा मुद्दा दर्ता गरेको हो।

गत फागुन १२ गते रत्ननगरको एकता शिशु निकेतनको छात्राबासकै कोठामा १४ वर्षीया शालीन पोखरेल सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

उक्त घटनामा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै मृतकका बाबु दीपेन्द्रले विद्यालयका प्रधानाध्यापकसहित तीन शिक्षकविरुद्ध किटानी जाहेरी दिएका थिए। शालीनको पोस्टमार्टम रिपोर्टले उनको हत्या नभएर आत्महत्या भएको पुष्टि गरेको थियो। शालीनले लेखेको भनिएको सुसाइड नोट पनि उनकै भएको पुष्टि भएको थियो।