इसान कप फुटसल चैत ३ देखि



काठमाडौं ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान)को आयोजनामा आरबिबीएल इसान कप फुटसल प्रतियोगिताको तेस्रो संस्करण चैत ३ देखि ५ गतेसम्म हुने भएको छ ।

चैत्य फुटसल रिक्रिएशन सेन्टरमा हुने प्रतियोगितामा सार्वजनिक संस्थान, सरकारी र निजी क्षेत्रका बैंक तथा वित्तिय संस्था, विमा कम्पनी, दुरसंञ्चार सेवा प्रदायक कम्पनी र वायुसेवा कम्पनीले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा राष्ट्रिय वाणिज्य बैंक लि, एन एल जी इन्स्योरेन्स कम्पनी लि, नागरिक उड्डयन प्राधिकरण, माछापुच्छे बैंक लि, कृषि विकास बैंक लि, नेपाल आयल निगम, नेपाल विधुत प्राधिकरण ‘ए’ र ‘बी’, नेपाल बैंक लि, नेपाल वायुसेवा निगम,जनक शिक्षा सामाग्री केन्द्र, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद ९सिटिइभिटी०, नागरिक लगानी कोष, काठमान्डौं उपत्यका खानेपानी लि, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि,एभरेष्ट बैंक लि र नेपाल टेलिभिजनको सहभागिता रहनेछ ।

प्रतियोगिताका विजेतालाई ५० हजार, उपविजेतालाई ३० हजार र तेस्रो स्थान हासिल गर्नेलाई २० हजार रुपैयाँसहित, ट्रफी, मेडल र प्रमाणप प्रदान गरिनेछ । साथै प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, फेयर प्ले टिमलाई पनि पुरस्कृत गरिनेछ । प्रतियोगिताको अनुमानित बजेट ६ लाख १५ हजार छ । टिम दर्ताका लागि २० हजार रुपैयाँ तोकिएको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्