विश्व मिर्गौला दिवसमा मैत्रीपुर्ण फुटबल : प्रत्यारोपीत ४ गोलले विजयी

308
Shares

काठमाडौं । 

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले खेर जाने अंग अरुलाई दान दिन आग्रह गरेका छन्।

विश्व मृगौला दिवसका अवसरमा आज आयोजना गरिएको प्रभात फेरी कार्यक्रमको समापन गर्ने दशरथ रंगशामाला आयोजना गरिएको कार्यक्रममा बोल्दै उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले खेर जाने अंग दान गरौँ भन्दै आफुले पनि मरणोपान्त सम्पुर्ण अंग दान गरेको बताएका हुन्।

उनले व्रेन डेथ भएको ब्यक्तिबाट निकालिएको अंगहरु धेरैलाई जीवनदान दिन सक्ने बताउँदै मिर्गौला दानबारे जनचेतना गराउनु पर्ने कुरामा समेत जोड दिए।

कार्यक्रममा सांसद रन्जु झा, डा. तोसिमा कार्कीसहित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, नेपाल सोसाइटी अफ नेफ्रोलोजी, नेपाल एशोसियसन अफ युरोलोजिक सर्जन्स, अंग प्रत्यारोपण समाज नेपाल, नेपाल ट्रान्सप्लान्ट सोसाइटी, स्वास्थ्य अभियान नेपाल, नेशनल किड्नी सेन्टर र काठमाडौं उपत्यका भित्रका अंग प्रत्यारोपण गर्ने अस्पतालहरु र मस्तिष्क मृत्यु पश्चात् अंग दान गराउने अस्पतालहरूको संयुक्त रूपमा कार्यक्रम आयोजनामा गरेका हुन्।

जनचेतनाका लागि विहिवार बिहान ७:४५ वजे देखि रत्नपार्क, शान्ति बाटिकाबाट मिर्गौला पदयात्राको सुरुवात तथा दशरथ रंगशालामा पुगेर समापन भएको थियो। फुटबलमा प्रत्यारोपितले डाक्टर, सर्वसाधारणलाई ४ गोल चखाए भने डाक्टरहरूको टीमले १ गोल गरेका छन् ।