मारुनी नृत्यमा सामरी समूह प्रथम

1.41k
Shares

रसुवा ।

रेडियो लाङटाङ ९०.३ मेगाहर्जको आयोजनामा रसुवामै पहिलोपटक विकास तथा सञ्चारकेन्द्र नेपालद्वारा आयोजित मारुनी नृत्य प्रतियोगितामा नुवाकोटको मेघाङ गाउँपालिका वडा नम्बर ५ को सामरी मारुनी नाच समूह प्रथम भएको छ।

प्रतियोगितामा नुवाकोटकै लिखु गाउँपालिका वडा नम्बर १ र २ को नुवाकोट मगर संघ द्वितीय र उतरगया गाउँपालिका वडा नम्बर ३ ठुलोगाउँको मारुनी समूह तृतीय भएका छन्।

विजयीहरूलाई पुरस्कारस्वरूप क्रमश : २५, २० र १५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ। सात समूहले भाग लिएको प्रतियोगितामा बाँकी चार टिमलाई सान्त्वनास्वरूप पाँच हजार नगद प्रदान गरिएको थियो।

जिल्लामै पहिलोपटक भएको बागमती प्रदेशस्तरीय मारुनी नाच प्रतियोगिता मौलिक बाजागाजा तथा लोक संस्कृतिलाई जर्गेनागरी परम्परागतरूपको आस्थाको संस्कृतिकलाई जीवन्त राख्न भावी पुस्ताले सकून् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन्।

कार्यक्रममा चिलिमे जलविद्युत् आयोजनाका परिकल्पनाकार एवं इन्जिनियर डम्बरबहादुर नेपाली, पर्यटन व्यवसायी सुब्बा लामा र कृषि प्राविधिक हरिप्रसाद अधिकारीलाई नागरिक अभिनन्दन गरिएको थियो।