नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै



काठमाडौं ।

नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आज बस्दै छ। प्रतिपक्षमा पुगेपछि पार्टीले संसदमा खेल्नु पर्ने भूमिकाको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्।

बैठक दिउँसो ३ बजे देउवा निवास, बुढानीलकण्ठमा बस्ने छ। सो बैठकमा संसदमा प्रतिनिधित्व गर्न पार्टीका पदाधिकारी र पूर्व पदाधिकारी मात्रै उपस्थित रहने छन्।

प्रतिक्रिया दिनुहोस्