राष्ट्रियसभा अध्यक्षमा दाहाल-शर्माको भिडन्त

350
Shares

काठमाडौं ।

राष्ट्रियसभा अध्यक्षको मतदान आज हुँदैछ । राष्ट्रियसभा अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माबीच भिडन्त हुने भएको छ।

संघीय संसद्को निर्वाचन कार्यतालिकाअनुसार हिजो सोमबार संसद्भवन नयाँ बानेश्वरमा दुई जनाको उम्मेदवारी दर्ता भएको थियो। दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहनुभएको छ।

त्यसै गरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहनुभएको छ।

राष्ट्रियसभामा अध्यक्षका लागि सत्तापक्ष गठबन्धनमा माओवादीका १७, एमाले १०, नेकपा एस ८, जसपाका १ सहित ३६ सदस्य छन् भने कांग्रेसका १६, सहित अन्य दल प्रतिपक्षमा २२ मत छ। निर्वाचन सम्म गठबन्धमा गडबढ नभए सत्ता पक्षका दाहाल निर्वाचित हुने करिब पक्का छ।