बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



उदयपुर ।

मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको नेपालटार-गाईघाट सडक खण्डको त्रियुगा नगरपालिका ७ कालिखोला होक्सेमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

इलामबाट काठमाडौं जाँदै गरेको प्रदेश १ -०१ -०१६ प  ४६७ नम्बरको मोटरसाइकल र कटारीदेखि धरानतर्फ जाँदै गरेको  स १ ख ८१६ नम्बरको बस आज बिहान एकापसमा ठोक्किएका हुन्। दुर्घटनामा परी मोटरसाइकल चालक इलामको सूर्योदय नगरपालिका-११ का २३ वर्षीय प्रदित राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाबाट गम्भीर घाइते राईको उपचारका क्रममा उदयपुर अस्पतालमा मृत्यु भएको हो । झापाली राईडर लेखिएको स्टिकर रहेको मोटरसाइकल पूर्ण क्षति भएको छ भने बसमा पनि क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्