रास्वपाको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ। बैठक आज मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ।

सरकारमा दोस्रो पटक सहभागिता र सरकारमा पुगेपछि पार्टीले खेल्नु पर्ने भूमिकाको विषयमा छलफल हुने रास्वपाले जनाएको छ।

यस्तै प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारीको विषयमा बैठकमा छलफल हुने छ।

प्रतिक्रिया दिनुहोस्