हिमालको काखमा मिमाङ्गजोवो स्याउ खेती 

जहाँ बजार अभावले स्याउसँग खुर्सानी साटिन्छ 



बाजुरा। 

बुढीनन्दा नगरपालिकाको वडा नं. ९ आंगाउँपानी  बाजुराको उच्च हिमाली भेगमा पर्छ । उत्तरपूर्वी मोहडामा फैलिएको साबिकको पाउडुसैन गाविसको अँगांउँपानी स्याउ खेतीको लागि प्रचुर सम्भावना बोकेको पकेट क्षेत्रका रुपमा चिनिन्छ ।

 लटरम्म स्याउ फल्ने अंगाउँपानीलाई पछिल्लो समयमा त्यहाँका कृषकले स्याउजोन बनाउन मिमाङ्गजोबो  ( धेरै मान्छे जम्मा गरेर )कृषि  समूह गठन गरेका छन् । मिमाङ्गजोबो कृषि समूहले हालै सामुहिकरुपमा ७३००  स्याउका बोट रोपेकाछन् । अंगाउँपानीका ११५ परिवार मिलेर उक्त ठाउँमा गोल्डेन स्याउ रोपिएको कृषि समूहका अध्यक्ष प्रेम गुरुङले जानकारी दिए । गत वर्ष स्याउ अत्यधिक थिए ,एक बोटबाट दुई क्विन्टल स्याउ फले ।  बाटो नभएर मार्तडी बजार सम्म पनि  पुर्‍याउन सकिएन । गाउँमा खुसार्नीसंग स्याउ साट्नु परेको छ । स्याउ सितभण्डारण पनि छैन ।भण्डारण गर्ने प्रविधि नहुँदा स्याउ फलेपनि बजार नपाइने होकी भन्ने पिरलो गुरुङ्गको छ ।

बुढीनन्दा नगरपालिका वडा नं ९ का वडाअध्यक्ष मान बहादुर रावतका अनुसार कृषि ज्ञानकेन्द्र बाजुराको पचास प्रतिसत अनुदान सहयोगमा २५ हेक्टर बाँझो जमिन सदुपयोग गरेर सामूहिक स्याउ खेती गरेका छन् ।  वडामा पढेलेखेका कम छन्। पेट पाल्नकै लागि भारत तथा वैदेशिक रोजगारामा गएका छन् । भोटे जनजातिको पुरानो पेसा भेडा पालन पनि संकटमा छ । ९नम्मर वडामा रोजगारको संख्या पनि अत्यन्त न्युन छ ।  कृषकको जीविकोपार्जनको प्रमुख श्रोत खेती कृषानी हो । सबैलाई समेटर बांझो जग्गा प्लटिङ्ग गरी  सामूहिक स्याउ खेती गर्न थालेका छन् । खाल्डो खने वापत एक सय रुपैंया र मल वापत प्रति डोका  १५ रुपैंया कृषकले पाउँछ । प्लटिङ्ग जमिनमा स्याउ रोपेपछि घेरवार गरिदैछ। घेरवारका लागि नगरपालिका र वडा कार्यालयको अनुदान छ अडाअध्यक्ष रावतको भनाई छ ।

एउटै वडा भएतापनि अँगाउपानिमा विभिन्न जाति धर्म र समुदायका मान्छे बस्छन् । जनजातिको भाषमा  मिमाङ्गजोबो भनेको सामूहिक एकता भन्ने बुझिन्छ  अगाडिको नाम जनजाति बाट र पछिल्लो कृषि समूह गाउँले नामबाट संयुक्त नामले सबैको सह–अस्तित्व र भातृत्वको सन्देश दिन्छ । सबैको बाँझो जमिनमा मिलेर सामूहिक सयाउखेती गराउन वडाले पहल गरेको हो अध्यक्ष रावतले भने ।  स्याउ फलाउन मात्र सामूहिकता नभइ हामी सबै सामाजिक काममा  एक हुन्छौँ भन्ने सन्देश दिन चाहान्छौं । बाटोघाटो, पानीपँधेरा, स्कुल ,पाटीपौवा  निर्माण गर्दा घर बनाउँदा , जन्तब¥यात, मर्दापर्दा ,आ–आफ्नो धर्म संंस्कार भएपनि सामूहिक एकता जनाउने गरेका छौं । सामूहिक कार्यबाट अलग हुनेलाई वडाबाट पाउने सेवासुविधाबाट बञ्चित गराउने निर्णय पनि गरेका छौं वडा अध्यक्ष रावतले भने ।

   मिमाङ्गजोबो  स्याउखेतीले एकैठाउँमा स्याउ फलाउन मदत त हुन्छ नै यसले सामूहिक एकताको सन्देश पनि दिएको छ । एउटै समुदाय भित्रका मान्छे पनि एक आपसमा नमिलेको परिपेक्षमा अंगाउपानीमा भोटेजनजाती, क्षेत्री र दलित समुदायको बस्ती छ । जाती धर्म भेषभुषा अलग भएपनि ब्यबसायिकतामा एकरुप छौं ,सामूहिक काम गर्दा एकआपसमा सहकार्य र सहयोगको भवना हुन्छ मिलेर काम गर्दा सबैलाई फाइदा हुन्छ भन्ने गतिलो उदाहरण दिन चाहान्छौं   मिमाङ्गजोबो कृषक समूहका अध्यक्ष गुरुङ्गको भनाई छ ।

कृषि  ज्ञानकेनद्र बाजुराले “फलफूल रापौं कृषि  पेनसेन कार्यक्रममा सहभागी हौं” भन्ने उद्देश्यले  अगाउँपानीमा सातहजार तिन सय स्याउका बोट दिएको छ । आगामी वर्ष ७७०० बोट दिएर पन्ध्र हजार बोट पु¥याइनेछ। कृषि ज्ञान केन्द्र प्रमुख मिनराज जैशीले भने । अँगाउपानीमा  स्याउ संरक्षण गरी फलाउन सके एक बोटबाट कम्तीमा तिस केजी स्याउ फलेपनि  वर्षमा ४५०० क्विन्टल स्याउ फल्छन् । प्रति केजी सयमा बिक्री गरे पनि कृषकले घरमै बसेर वर्षमा चार करोड पचास लाख रुपैंयाको स्याउ बिक्री गर्न सक्छन् ।

 मार्तडी‐कोल्टी कुवाडी मुल सडकसंग जोडिएको मिमाङ्गजोबो स्याउ  बगैंचा कृषि  पर्यटनबाट पनि लाभ लिन सकिने छ । फलफूल तथा तरकारी खेतीमा आत्मनिर्भर बनाउने हो भने बाजुरा गरिबी र अभावको हैन कृषिमा अवसर र सम्भावनाको जिल्ला हो ।कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जैशीले भने । लामो समयपछि बाजुरामा वर्षासँगै हिमपात भएपछि कृषकहरू स्याउ,सन्तला, कागती लगायत तरकारी नगदेवाली  बेर्ना रोप्न लागि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्